फेसबुकले ‘मानिस मारिरहेको’ बाइडेनको आरोप
अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ आरोप लगाएका छन् । ‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्न चाहनुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार बाइडेनलाई एक पत्रकारले सोधेका थिए ।
‘उनीहरुले मानिस मारिरहेका छन्’ बाइडेनले भने, ‘हाम्रोमा खोप नलगाएका मानिस माझ मात्रै महामारी छ र उनीहरुले मान्छे मारिरहेका छन्’ उनले भने । बिहीबारमात्रै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोरोना भाइरस र खोपबारेको गलत सूचना नियन्त्रण गर्नका लागि बाइडेन प्रशासनले फेसबुकसँग छलफल गरिरहेको बताएकी थिइन् । यसपछि उनले आलोचना सहनुपरेको थियो ।
फेसबुकले शुक्रबारै विज्ञप्ति जारी गर्दै बाइडेनको आरोपको खण्डन गरेको छ । कम्पनीले मानिसको ज्यान लिने नभएर ज्यान जोगाउन काम गरिरहेको उसको दाबी छ । ‘तथ्यसंगत नरहेका आरोपहरूबाट हामी विचलित हुनेछैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘खासमा २ अर्ब मानिसले कोभिड १९ र खोप बारेको विश्वासिलो जानकारी फेसबुकमार्फत लिएका छन् । इन्टरनेटका अन्य कुनै स्थानको दाँजोमा यो धेरै हो । ३३ लाखभन्दा धेरै अमेरिकीहरुले कहाँ र कसरी खोप लगाइन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो ‘भ्याक्सिन फाइन्डर टुल’ प्रयोग गरेका छन् । यो तथ्यले देखाउँछ कि फेसबुकले जीवन र समय बचाउन सहयोग गरिरहेको छ ।’
यसअघि अमेरिकी सर्जन जनरल विवेक मुर्थीले खोपबारे फैलाइएका गलत सूचना जनस्वास्थ्यका लागि घातक रहेको घोषणा गरेका थिए । त्यस्तै, अमेरिकी अधिकारीहरुले खोपका कारण मृत्यु र गम्भीर बिरामी हुने अवस्थालाई रोकथाम गर्न सकिने बताएका थिए । ‘गलत सूचनामा हाम्रो देशको स्वास्थ्यमा तातो र खतरनाक चुनौती पेश गरेको छ’ बिहीबार ह्वाइट हाउसमा मुर्थीले भनेका थिए, ‘हामीले गतल सूचनासँग लड्नैपर्छ । मानिसको जीवन यसमा निर्भर छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण