आइतबार ६०० रुपैयाँले घटेर सुनको कारोबार हुँदै
आइतबार, ०३ साउन २०७८, १३ : २३
आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ६०० रुपैयाँले नै घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण