मेटमणि चौधरी भन्छन्– ३५ जनाभन्दा बढी एमाले सांसदले देउवालाई मत दिन्छौँ
नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एमालेका ३५ भन्दा बढी मत पर्ने बताएका छन् । नेकपा एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने बताइरहेका बेला सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।
‘हामी एमालेका ३५ भन्दा बढी सांसद प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार छौ’, चौधरीले रातोपाटीसँग भने, ‘प्रतिनिधि सभा जोगाउनका लागि यसो गर्न लागेका हौँ ।’ उनले विगतमा केपी ओलीको पक्षमा लागेका केही सांसदहरू समेत देउवाको पक्षमा मत हाल्ने तयारीमा पुगेको बताए । ‘हाम्रो समूहका सबै सांसदले त हाल्ने नै भइयो ओली विगतमा ओली पक्षमा लागेका सांसदसमेत हामीसँग आइसकेका छन्’ चौधरीले भने, ‘अहिले उहाँहरूको नामचाहिँ सार्वजनिक नगरौँ अहिले हामी सबै एकै ठाउँ रहेका छौ ।’
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै छन् । देउवाले विश्वासको मत लिने तय भएसँगै माधव समूहकै कतिपय नेताहरूले एमाले फुटाउने योजना अनुसार हतारमा विश्वासको मत लिन लागेको भनेर सरकारको आलोचना गरेका छन् । आइतबार बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विघटित कार्यदलका सदस्यहरूसँगको भेटवार्तामा संसद् जोगाउन आफू देउवालाई विश्वासको मत दिन तयार रहेको बताएका थिए । त्यसपछि बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत दिनेहरू एमाले हुन नसक्ने निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण