सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट मुर्छित हुनुपर्‍यो : डा.भट्टराई

आइतबार, ०३ साउन २०७८, २० : ०६
आइतबार, ०३ साउन २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए । 

‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने । 

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप