जोडीले अमेजनबाट मगाए सामान, यस्तो सामान पाए कि बोलाउनु पर्यो पुलिस
बुधबार, ०८ कात्तिक २०७४, १५ : २५
एक जोडीले अमेजनबाट आफूलाई चाहेको सामान मगाएका थिए तर पार्सल खोल्नेबित्तिकै उनीहरु चकित भए । आफूले मगाएको कार्डको बदलामा उनीहरु समक्ष ४२ किलोको एउटा पार्सल आयो जसबारे उनीहरुले केही बुझ्न सकेनन् र पुलिसको मद्दत लिनुपर्यो । यो घटना उनीहरुले ट्वीटरमा पनि सेयर गरेका थिए ।
अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डो शहरमा बस्ने एक जोडीले अमेजनसँग सामान मगाए । उनको घरमा जब पार्सल आयो तब त्यसबाट तेज गन्ध आउन थाल्यो । उनीहरुले जब पार्सल खोले तब त्यसमा ४२ किलो गाँजा पाए । उनीहरुले तत्काल पुलिसलाई फोन गरे । पुलिसले यसबारे अमेजनका कर्मचारीसँग कुरा गरे तर यस्तो गल्ती कसरी भयो त्यो पत्ता लाग्न सकेन । ती जोडीको सुरक्षाका कारण नाम उजागर गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण