श्रीमान् पक्राउ परेपछि कहाँ छिन् शिल्पा शेट्टी ?
मङ्गलबार, ०५ साउन २०७८, १६ : ३२
बलिउड नायिका तथा फिटनेस फ्रिक शिल्पा शेट्टी आजकाल रियालिटी शो सुपर डान्सर–४ को निर्णायकमा छिन् । श्रीमान् राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर एपमार्फत् सार्वजनिक गर्ने गरेको आरोप लागेपछि पक्राउ परेपछि शिल्पा शोको सुटिङका लागि पुगिनन् ।
डीएनएको खबरका अनुसार शिल्पाको मंगलबारका लागि सुटिङ शेड्युल थियो तर उनी शुटका लागि गइनन् किनभने सोमबार राती उनका श्रीमान् राजलाई मुम्बईको अपराध शाखाले पक्राउ गर्यो ।
खबरका अनुसार नायिका हाल आफ्नी बहिनी शमिता र आमासँग जुहूस्थित बंगलामा छिन् । शिल्पाको कुरा गर्ने हो भने उनी शो सुपर डान्सरको विषयमा धेरैजसो चर्चामा रहन्छिन् ।
उनको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनी फिल्ममा फिर्ता हुँदैछिन् । उनी फिल्म हंगामा टुमा देखिनेछिन् । यो फिल्ममा परेश रावल र मिजान जाफरी पनि छन् । फिल्मको गीतसमेत रिलिज भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण