सरकारले फेरि राहत प्याकेज ल्याउने अर्थमन्त्रीको उद्घोष
सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् ।
नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।
उनले यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए । मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे । सिएनआइले घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे । रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए । कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु
-
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट