निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले एउटा व्यवसायीले काम लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए । मुख्य व्यवसायीले नै सम्बन्धित् काम गर्नुपर्ने र बजारमा रहेको बाँकी रकम समयमै भुक्तान गर्नुपर्ने उनको भनाइ थियो ।
काम गर्ने वातावरण अनुकूल हुने गरी महासंघले ल्याउने प्रस्तावमा छलफल गर्न आफू तयार रहेको बताउँदै मन्त्री शर्माले यो सरकारबाट कति पनि सशंकित नहुन निर्माण व्यवसायीहरुलाई आग्रह गरे । सो अवसरमा महासंघका प्रतिनिधिमण्डलले मन्त्री शर्मा समक्ष निर्माण व्यवसायीहरूको यावत समस्या र समाधानका उपायबारे समेत जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बजेटसँग सम्बन्धित् म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा अर्थमन्त्री शर्मा समक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण