२ सय रुपैयाँ असुल गर्न ८ वर्षपछि पक्राउ !
बिहीबार, ०७ साउन २०७८, २२ : ५६
सुर्खेत प्रहरीले २ सय रुपैयाँ असुल उपर गर्नका लागि भन्दै करिब ८ वर्षपछि ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी) रामप्रसाद घर्तीकाअनुसार उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बिहीबारेबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का वर्ष ३१ का लोकेन्द्र थापा, वर्ष ४० को लोकेन्द्र सुनार, सोही ठाउँ बस्ने, वर्ष ३७ का सन्दिप श्रेष्ठ, वर्ष ३७ को रोशन भट्टराई र वर्ष ३८ का धनबहादुर गुरुङ रहेका छन् । डिएसपी घर्तीले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको बताए ।
जुवा मुद्दामा २०७१ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसलाले लगत नं. १०६२ मा लगत कसिएको जनही १ सय असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण