जनता खोप माग्ने, सरकार भोट माग्ने विचित्र भयो : चित्रबहादुर केसी
राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ वर्ष संसद जोगाएको धन्यवाद दिएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ५ दलको एकताले संविधान र संसदको रक्षा गरेको उल्लेख गरे । उनले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए । उनले अहिलेको संविधान जोगिएको भन्दै आगामी दिनमा संशोधन गर्दै अझै राम्रो संविधान बन्ने उल्लेख गरे ।
उनले केपी ओली नेतृत्वको सरकारले बिचित्रको काम गरेको उल्लेख गरे । जनता कोरोना महामारीबाट ज्यान खोप माग्ने तर सरकार भने भोट माग्ने बिचित्रको राजनीति भएको बताए । नेता केसीले चुनाव जित्नका लागि खर्च गर्ने र चुनाव जितेपछि भष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको बताउँदै आफूले प्रत्यक्ष रुपमा यस्ता घटनाहरूको साक्षी भएको उल्लेख गरे ।
पुष्पलाल श्रेष्ठको बारेमा बोल्दै धेरैपटक उनीसँग संगत गरेको भन्दै बिचार नमिल्ने कुरामा विवाद समेत गरेको स्मरण गरे । नेता केसीले ५ दललाई संसद जोगाएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण