सैनिक हुद्दा गुरुङ हत्या प्रकरण : खाताबाट ९ लाख निकाल्ने सैनिकले गोली हाने !
चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङलाई उनकै साथीले गोली हानेर हत्या गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका अर्का सैनिक जवान गंगाधर ढकाललाई चितवन प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । हत्याअघि ढकालले भरत गुरुङको खाताबाट ९ लाख निकालेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्यबहादुर थापाले रातोपाटीलाई बताए ।
‘आरोपीले मृतकको खाताबाट ९ लाख निकालेको देखिन्छ’ डिएसपी थापाले भने–‘आरोपीले एसएमजीले गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ ३६ वर्षीय भरत गुरुङ र ढकाल महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । गुरुङ ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो ।
चितवनको कालिका नगरपालिका–२१ पदमपुर घर भएका ढकाल र गुरुङ काठमाडौंबाट सँगै चितवन गएको डिएसपी थापाले बताए । ठुलो हतियार (एसएमजी) उनले कसरी कसरी लगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दिनभर चितवनमा सँगै घुमेका ढकालले बुधवार साँझ साथिको हत्या गरेर भागेका थिए । प्रहरीले उनलाई चनौलीबाट बिहिबार पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण