‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक सार्वजनिक
दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए ।
साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा र कवि निर्भीकजंग रायमाझी र लेखक चौधरी स्वयंले संयुक्त रुपमा हालै सो पुस्तक सार्वजनिक गरेका हुन् । चौधरीका अनुसार पुस्तकमा पूर्वी एसियाका विभिन्न मुलुकमा गरिएको यात्रा तथा त्यहाँ भएको विभिन्न क्षेत्रको विकासका विषयवस्तुलाई पुस्तकमा समेटिएको छ ।
‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी पुस्तकलाई दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएको छ ।
‘पूर्वी एसियाको आँखीझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण