लागुऔषध कारोबार गरेको आरोपमा प्रहरी जवानसहित ५ जना पक्राउ
प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र नक्कली सुनसहित ५ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका २ बस्न २९ वर्षीय मुकुन्द खड्का, गोरखाकै गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट ६ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट अवैध लागुऔषध कोकिन ५०० ग्राम, सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण