प्रदेश १ मा कोरोना : पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु
प्रदेश १ मा गएको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेका प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रदेश १ मा शनिबार १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षणमा ३ सय ३८ र २ हजार २ सय ८१ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १ ,१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ६७, पथरी शनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २,२ रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १,१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेची नगरमा ३, अर्जुन धारामा २, हल्दीबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १,१ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराह क्षेत्रमा ३, इनरुवा, हरिनगरा र कोशी गाउँपालिकामा १,१ इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १,१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १,१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिबार ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण