‘डाँडाको बर पीपल’ फ्लोरमा लाँदै शोभित
निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बर पीपल’ को छायाँकन सुरु गर्ने भएका छन् । कोरोनाको दोस्रो भेरियन्टका कारण सरकारले लगाएको निषेधाज्ञाले छायाँकन रोकिएको यो फिल्म बस्नेतले फेरि सुरु गर्न लागेका हुन् । १ भदौबाट फिल्मको छायाँकन सुरु हुने शोभितले बताए ।
‘गीतको छायाँकन सकाएर दृश्यको छायाँकनतर्फ हामी युनिट लाग्दै थियौ । कोरोनाको कहरले छायाँकन रोकियो’ बस्नेतले भने– ‘अब फेरि सुटिङ सुरु गर्दैछु ।’ शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा र राजिवजंग बस्नेत लगायतको मुख्य भूमिका रहेन यो फिल्ममा २० वर्षपछि शिव श्रेष्ठ र गौरी मल्ल एकसाथ देखिँदैछन् ।
फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ । फिल्म प्रदर्शनको माहोल बन्ने बित्तिकै फिल्म रिलिज गर्ने उदेश्य सहित शोभितले फिल्म सकाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण