कर्णालीमा कोरोना : ४९ जनामा परीक्षण गर्दा २१ मा संक्रमण
कर्णाली प्रदेशमा आइतबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा धेरै दैलेखमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै हुम्लामा ५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।
यी जिल्लाबाहेक अन्य जिल्लामा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार प्रदेशभर ३९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोनालाई जित्नेहरूको संख्या कर्णालीमा २७ हजार ७६७ रहेको छ । अब ६६२ जना संक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमित थपिने र डिस्चार्ज हुनेक्रम निरन्तर चलिहरको छ । प्रदेशमा आरटी–पीसिआर परीक्षणलाई घटाइएको देखिन्छ । स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काअनुसार आइतबार १ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउने जुम्ला जिल्लाका हुन् । यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमण कारण ज्यान गुमाउनेको संख्या ३५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक