कर्णालीमा कोरोना : ४९ जनामा परीक्षण गर्दा २१ मा संक्रमण
कर्णाली प्रदेशमा आइतबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा धेरै दैलेखमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै हुम्लामा ५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।
यी जिल्लाबाहेक अन्य जिल्लामा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार प्रदेशभर ३९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोनालाई जित्नेहरूको संख्या कर्णालीमा २७ हजार ७६७ रहेको छ । अब ६६२ जना संक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमित थपिने र डिस्चार्ज हुनेक्रम निरन्तर चलिहरको छ । प्रदेशमा आरटी–पीसिआर परीक्षणलाई घटाइएको देखिन्छ । स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काअनुसार आइतबार १ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउने जुम्ला जिल्लाका हुन् । यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमण कारण ज्यान गुमाउनेको संख्या ३५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण