ठाकुर पक्षको कटाक्ष –साउन १५ गतेसम्म पर्खौँँ, अहिले नै उत्साहित नबनाैँ
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कोही उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षमा बहुमत देखिए पनि त्यसको अर्थ नहुने ठाकुर पक्षको भनाइ छ ।
ठाकुर पक्षीय नेता जितेन्द्र साेनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरूको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए । सर्वोच्चले आइतबार दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ । ‘हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

