पोखरामा एक महिला मृत भेटिइन्
सोमबार, ११ साउन २०७८, १८ : १८
पोखरामा एक महिला मृत फेला परेकी छन् । पोखरा महानगरपालिका–१५ अमिनतहरास्थित सेती नदी किनारमा अन्दाजी २५÷३० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । सोमबार बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण