पोखरामा एक महिला मृत भेटिइन्
सोमबार, ११ साउन २०७८, १८ : १८

पोखरामा एक महिला मृत फेला परेकी छन् । पोखरा महानगरपालिका–१५ अमिनतहरास्थित सेती नदी किनारमा अन्दाजी २५÷३० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । सोमबार बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी
-
रौतहट बम काण्डमा मारिएका पिन्टुका बुवाको उजुरी : आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गरिपाऊँ
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?