सिरहामा यसरी मनाइयो छठ पर्व
बिहीबार, ०९ कात्तिक २०७४, २१ : २९

सिरहा– निष्ठा एवं श्रद्धापूर्वक मनाइने महान पर्व छठ अन्तर्गत विहीबार बेलुका सन्ध्या पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । घरघरमा नियम एवं निष्ठापूर्वक मनाइने छठ पर्व अन्तर्गत मुख्य पूजा अस्ताउँदो सर्यलाई जलाशयमा गएर व्रतालुहरुले अर्घ अर्पण गरेका छन् ।
सिरहाको बतहा खोला, गागन, बलान, कमला लगायत पोखरी तथा इनारमा व्रतालुहरुले विभिन्न किसिमको छठी मैयाको लोकगीत गाएर पर्व मनाइँदैछ ।
जलाशयमा बनाइएको घाटमा विभिन्न किसिमको पूजा प्रसादको रुपमा ठेकुवा, भुसवा, नरिवल, उखु, फलफूल लगायतको पूजा सामग्री घाटमा लगेर सूर्य भगवान एवं छठी मातालाई अर्पण गरेका छन् ।
शुक्रबार विहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिए पश्चात छठ पर्ब बिधिबत रुपमा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला