खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा : स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’
श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए । श्रेष्ठले निजी क्षेत्र, सेवा प्रदायक संस्था तथा स्वयम्सेवी संस्था, विद्यार्थी, शिक्षकलाई परिचालन गरेर खोपको ब्यवस्थापन गर्ने बचन दिए । उनले भने, ‘खोप लगाउन भन्दा पनि खोप लगाउने मानिसहरुको दर्ता गर्ने काम ढिलो हुने रहेछ । अब दर्ता प्रक्रियालाई कसरी सजिलो बनाउने भनेर हामी लागिपरेका छौँ । ठूलो चौर भएको विद्यालयमा खोप लगाउने व्यवस्था गर्छौं ।’
उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई ५ करोड ५० लाख डोज खोप किन्ने सरकारको योजना रहेको पनि बताए । सो क्लबका पूर्व अध्यक्ष रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, जलविद्युत उत्पादन, बैंकिङ, कृषि लगायतका क्षेत्रमा ठूलो सफलता हासिल गरेको भन्दै क्लबका अध्यक्ष पूर्वरथी नेपाल भुषण चन्दले सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण