अमेरिकामा यसरी मनाइँदैछ छठ पर्व (फोटोफिचर)
अमेरिकाको डिसी महानगरमा नेपालका तराई जिल्ला तथा शहरबाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिन सम्म मनाइँदै छ । अक्टोबर २५ तारिख देखि डीसी क्षेत्रको निजि निवासमा भेला भै छठ पर्व सुरु गरेका छन् ।
अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदी स्थित अलगोनकिएन पार्कमा साँझमा पूजा गरिएको छ । उक्त छठ पूजाको लागि अन्य राज्यबाट समेत व्रतालुहरु आएका छन् ।
साँझ ४ बजेदेखि सुरु भएको पूजा अध्यारो नहुन्जेल चलेको थियो । अक्टोबर २७ तारिख बिहान पुन सोहि स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ ।
निरहार व्रतालुहरुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे ।
अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न गर्ने छन् ।

सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।



कार्तिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ ।

यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ ।

चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।

डीसी क्षेत्रमा बसोबास गर्ने कृपा सिंह तथा वहा कि जीवन संगिनी अनिता सिंह तथा विजय सिंह लगायत केहि परिवारले सुरु गरेको यो पर्वको निकै चर्चा हुन थालेको छ ।

अक्टोबर २७ को दिन बिहान प्रसाद बितरण गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण