भवन भट्टको अवधारणा : ‘राष्ट्रका लागि तपोवन’ अभियान
ओशो तपोवनले ‘राष्ट्रका लागि तपोवन’ नामक अभियान शुरु गरेको छ । नागार्जुनस्थित ओशो तपोवनमा एक कार्यक्रमको आयोजना गरी यो अभियान थालिएको हो । यो अभियानमा २६ घण्टाको प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम आयोजना गरिएको तपोवनले जनाएको छ ।
विभिन्न सेसनहरुमा विभक्त गरी सञ्चालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको अभियन्ता एवं नायिका सोविता सिम्खडाले रातोपाटीलाई बताइन् ।
यस सन्दर्भमा सहभागीहरुलाई अनावश्यक गम्भीरताबाट मुक्त भई हाँसो, खुसी र आनन्दित भएर सहज जीवन जिउने कला पनि सिकाइएको उनले बताइन् । पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यपी रुपमा बढिरहेको महारोग मानसिक तनावलाई न्यूनीकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको उनले जानकारी दिइन् ।
पहिलो श्रृंखलाका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अभियानका प्राचार्य बोधिसत्व स्वामी आनन्द अरुणले एक कप चियामा एक चम्चा चिनी मिसाउँदा आउने मिठासजस्तै जीवनमा अध्यात्म मिसाउँदा जीवन नै मीठो र सार्थक हुने बताए ।
मानिसले गरेका सानातिना कामहरुलाई हामी हाम्रो संसार ठान्छौं भन्दै स्वामी अरुणले जीवनलाई समग्रतामा हेर्दा त्यो अत्यन्तै मूल्यहीन हुने भएकाले अनावश्यक भागदौड र तनाव नलिन सबैलाई सुझाव दिए ।
ओशोको ‘जोर्वा दि बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ नामक यस अभियानको पहिलो श्रृंखलामा राष्ट्रका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्ति सहभागिता रहेको थियो । सहभागीहरुले २६ घण्टाको छोटो समयमा आफ्नो मानसिक तनाव विसर्जन गर्दै सकारात्मक सोचको वृद्धि र आध्यात्मिक जागरण आफूभित्र जागृत भएको प्रतिकृया दिएका थिए ।
हरेक १५–१५ दिनमा ओशो तपोवनले सञ्चालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् ।
बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहने यस अभियानको अवधारणा स्वामी आनन्द देवका रुपमा परिचित एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले निर्माण गरेका हुन् । यसको संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण