अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिना विरुद्ध २–० को सनसनीपूर्ण अग्रता लिएको छ। खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता लिएको इजिप्टका लागि ६७ औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध पारेका हुन्।
यसअघि ६१ औँ मिनेटमा समेत जिकोले नै बललाई जाली चुमाए पनि भीएआरले विल्ड-अपमा फाउल देखाउँदै त्यसलाई रद्द गरिदिएको थियो। तर, त्यसको केही मिनेटमै ६७ औँ मिनेटमा जिकोले पुनः गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए।
अहिले एटलान्टा स्टेडियममा साविक विजेता अर्जेन्टिना निकै ठूलो दबाबमा देखिएको छ। कप्तान लियोनल मेसीले पेनाल्टी चुकाउनु र इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले एकपछि अर्को उत्कृष्ट बचाउ गर्नु अर्जेन्टिनाका लागि बाधक बनेको छ।
खेल सकिन करिब २० मिनेट बाँकी छँदा अर्जेन्टिना हारको नजिक पुगेको छ भने इजिप्ट इतिहास रच्ने संघारमा छ। अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले लाउटारो मार्टिनेजलाई मैदान उतारेर खेलमा फर्कने अन्तिम प्रयास गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण