विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विभिन्न व्यक्तिबाट रु २४ लाख ४५ हजार बराबरको ठगी गरेको आरोप लागेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लमजुङका पूर्णबहादुर दुरा, दोलखाका कमला खत्री र रामकुमार श्रेष्ठ सुर्खेतका सरस्वती गिरी छन् ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरुले युरोपका विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाप्रति सचेत रहन र आधिकारिक प्रक्रिया तथा स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र विदेश जान प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण