कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु
सोमबार, १८ साउन २०७८, २० : १०
कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।
मृत्यु हुनेमा ४ वर्षका एक बालक समेत रहेका छन् । उनका अनुसार अन्य मृतकहरु ३५ देखि ८० वर्ष उमेर समूहका रहेका छन् । यससँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ६७ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण