यसकारण लाग्छ बाडुली, कहिले हुनसक्छ खतरा ?
बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ ।
बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो । सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ ।
डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ समस्या हुन्छ । भोकल कर्डमा अचानक आएको रोकावटका कारण बाडुली लाग्न थाल्छ ।
किन आउँछ बाडुली ?
बाडुली लाग्नुको थुप्रै कारणहरु हुन्छन् । शारीरिक र मानसिक कारणले बाडुली लाग्ने गर्छ । कोशिकाहरुमा आउने समस्याले मस्तिष्क र डायाफ्रामसँग जोडिएको हुन्छ । धेरै छिटो खाने र धेरै खाने व्यक्तिलाई बाडुलीको समस्या आउँछ । धेरै दुखी र उत्साहित हुने, कार्बोनेटेड पदार्थ पिउने, मादक पदार्थ पिउने व्यक्तिहरुलाई बाडुली धेरै लाग्छ । तनाव, तापमानमा अचानक परिवर्तन आउँदा पनि बाडुली लाग्छ । यस्तै, धेरै चुइगम चपाउँदा पनि मुखमा हावा भरिन्छ र बाडुली लाग्छ ।
बाडुली लागेपछि छिट्टै कम हुन्छ । तर कहिलेकाँही धेरै लामो समयसम्म बाडुली लागिरहन्छ । डायाफ्रामसँग जोडिएको नसामा समस्या आउँदा पनि लामो समयसम्म बाडुली लागिरहन्छ । कानको समस्या, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुन्छ र बाडुलीको समस्या आउँछ ।
लामो समयसम्म बाडुली लाग्नु स्नायु प्रणालीमा डिसअर्डरसँग जोडिएको हुनसक्छ । जस्तैः एन्सेफ्लाइटिस, म्यानिन्जाइटिस, मेटाबोलिक डिसअर्डर, मधुमेह, मिर्गौला फेल जस्ता समस्यासँग बाडुली लाग्नुको कारण जोडिएको हुनसक्छ । यस्तै, स्टेरोइड र ट्र्याक्विलाइजर जस्ता औषधिको कारण पनि बाडुली लाग्छ ।
यदि कसैलाई २ दिनभन्दा बढी लगातार बाडुली लाग्यो भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण