महाकालीमा ४ झोलुङ्गे पुल अघिल्लो सरकारले शिलान्यास गरेको खगराज अधिकारीको दाबी
मङ्गलबार, १९ साउन २०७८, १४ : २५
एमालेका सांसद खगराज अधिकारीले अघिल्लो सरकारले महाकाली नदीमा ४ वटा झोलुङ्गे पुल शिलान्यास गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भारतीय एसएसबीको अपराधपूर्ण क्रियाकलापका कारण जयसिंह धामीको मृत्यु भएको उल्लेख गरे ।
उनले यो घटनालाई सरकारले घुमाउरो रूपमा तुइन तर्दा डोरी आफै चुँडिएको जस्तो भन्न खोजेको आरोप समेत लगाए ।
उनले अपराधीलाई कारबाहीको माग गर्दै ४ वटा झोलुङ्गे पुल र बाटो अघिल्लो सरकारले शिलान्यास गरेको हो कि भन्दै मन्त्री खाँणसँग जवाफ माग गरे । अहिलेको सरकारले झोलुङ्गे पुल र बाटो शिलान्यासको जस लिन नहुने सांसद अधिकारीको आशय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन
-
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
-
तस्बिरमा हेर्नुहोस् सिंहदरबारमा निर्माण भइरहेको संसद् भवन
-
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबिच व्यवसायिक सहकार्यको समझदारी
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : उपाधि लुम्बिनीको पोल्टामा, कर्णालीलाई ३१ रनले हरायो
-
लोक गायक कस्तुप पन्तलाई मातृ शोक