क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति
नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश लेखकले बताए । क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवादमाथि छानबिन गर्न नसकेपछि शीर्ष नेताबीच छलफल भइरहेको छ ।
शीर्ष नेताबीच क्रियाशील सदस्यताबारे सहमति भए महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको छ । भदौ १६१९ का लागि महाधिवेशन प्रभावित भएको छ । तल्लो तहको अधिवेशन स्थगित भए पनि काँग्रेसले नयाँ कार्यतालिका ल्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण