अक्षयको प्रेममा परेकी काजोल पार्टीमा गर्थिन् पिछा
बलिउडकी सुन्दर अभिनेत्री काजोल र सुपरस्टार अजय देवगनको प्रेमसम्बन्धको सुरुवात ९० को दशकमा भएको थियो । एक अर्काको प्रेममा परेका अजय र काजोलले प्रेमको सुरुवातमा नै विवाह पनि गरे । काजोल अहिले ४७ औँ जन्मदिन मनाइरहेकी छन् ।
काजोलको जन्म सन् १९७४ को अगस्ट ५ मा भएको थियो । उनले सानै उमेरमा बलिउडमा कदम राखेकी हुन् । उनको पहिलो फिल्म सन् १९९२ मा ‘बेखुदी’ रहेको थियो ।
त्यसपछि काजोलले शिल्पा शेटट्ी र शाहरुख खानसँग ‘बाजीगर’ मा काम गरिन् ।
काजोलले फिल्म क्षेत्रमा काम गर्न सुरुवात गरेसँगै सफलता पनि हात पार्दै गइन् । फिल्म क्षेत्रमा काम गर्दै गर्दा काजोलले अक्षय कुमारलाई मन पराउन थालिन् । अक्षयले पहिलो फिल्मबाट नै काजोलको मन जितिसकेका थिए । काजोलले पार्टीहरुमा पनि अक्षयको पिछा गर्न थालेकी थिइन् ।
काजोल फिल्म निर्माता करण जौहरको मिल्ने साथी पनि हुन् । एक पटक ‘द कपिल शर्मा शो’ मा करणले भनेका थिए, ‘काजोलले अक्षय कुमारलाई खोजिरहेको थिइन् सोही समय म काजोलसँग ठोक्किएको थिएँ ।’
करणले अगाडि भनिन्, ‘ काजोल मलाई पनि अक्षय कुमारलाई खोज्न आग्रह गर्दै थिइन् । सो समयमा अक्षय कुमार त भेटिएनन् तर मसँग काजोलको दोस्ती भने निकै गहिरो हुन पुग्यो । पछि काजोल र अजयको भेटघाट भयो अजयको भेटघाट भयो ।’
काजोलले यशराज ब्यानरको फिल्म ‘दिल्लगी’ मा अक्षय कुमारसँग काम गरेकी थिइन् । यो फिल्म हिट त भएन तर यसको गीत अहिले पनि चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव : टोलीका मुख्य प्रशासनिक अधिकारीहरूलाई भिसा दिन अस्वीकार
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण