गण्डकी प्रदेशमा ६१६ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकामा ६१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९६ महिला र ३२० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । बुधबार प्रदेशमा ५०० जनामा संक्रमण देखिएको थियो भने मृतकको संख्या ४ रहेको थियो । तर, बिहिबार प्रदेशमा ११६ जना बढीमा संक्रमण देखिएको छ भने मृत्युको संख्या ४ बाट बृद्धि भएर ९ पुगेको छ ।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९१, बागलुङ १००, स्याङ्जा ७२, म्याग्दी ३७, पर्वत १३,गोरखा ८३, लमजुङ १९ तनहुँमा २३ र नवलपुरमा ४६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७० हजार २६७ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ६० वर्षीय पुरुष, पोखरा–८ का ५९ वर्षीय पुरुष, स्याङजा वालिङ–१० की ८९ वर्षीय महिला र मुस्ताङको थसाङ– १ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी नवलपरासी पूर्व कावासोती–१४ का ७४ वर्षीय कोरोना संक्रमित पुरुष, कावासोती–१० की ८९ वर्षीय कोरोना संक्रमित महिला, देवचुली– ९ की ५८ वर्षीय महिला, बागलुङ– ९ का ४१ वर्षीय पुरुष र गोरखा पालुङटार–७ की ५८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११८ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६३ हजार २९१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८५८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण