विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ । घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए । उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै वैज्ञानिक समाजवाद अबको आवश्यकता भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण