शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

शनिबार, २३ साउन २०७८, १० : ३७
शनिबार, २३ साउन २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ ।  घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए । उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै वैज्ञानिक समाजवाद अबको आवश्यकता भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप