बाढी प्रभावित मेलम्ची र हेलम्बुमा पूर्वाधार विकासका लागि पहल गर्ने सभामुखको प्रतिवद्धता
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोबाट क्षति भएको सडक, पुल र बिद्युत स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यस वर्षको बाढी र पहिरोबाट पीडित एवम् विस्थापितहरुलाई सहजीकरण गर्न गठित विपद व्यवस्थापन सर्वपक्षीय समितिबाट शनिबार ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले यस्तो प्रतिबद्धता जनाएका हुन् । समितिका आबद्ध अधिकारीहरुले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षणपत्र बुझाएका छन् ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानी मर्मत गरी खानेपानीको आधारभूत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तीहरु स्थानान्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।
ध्यानाकर्षणपत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितहरुसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् ब्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी गराए ।
गृहमन्त्री बालकृष्ण खाणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको उनले बताए । उर्जामन्त्री पम्फा भुसालसँगको भेटमा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण