मनाङमा बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे प्रचण्ड, तस्बिरमा हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । अध्यक्ष प्रचण्डले मनाङका डिस्याङ, चामे, नासो लगायतका गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षति अवलोकन गरेका छन् ।

अध्यक्ष प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल , माओवादी केन्द्रका नेता देव गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुख, डिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले लगायतका स्थानीय जनप्रतिनिधि र सर्वसाधारणहरुलाई पनि बाढी पहिरोस्थलको अवलोकन गरेका छन् । अवलोकनपछि विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै बाढीका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ । असार १ गतेको बाढीपहिरोले मनाङमा निकै ठुलो भौतिक क्षति पुर्याएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण