बेलायतमा २४ घन्टामा १०३ जनाको मृत्यु, २८ हजार बढी संक्रमित
बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १०३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गएको एक सातामा यहाँ ६२७ जना संक्रमितको मृत्यु भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म एक लाख ३० हजार २८१ पुगेको छ । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरुपछि बेलायत छैटौं स्थानमा पर्दछ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप २८ हजार ६१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ६० लाख ४२ हजार २५२ पुगेको छ । एक सातामा एक लाख ८८ हजार संक्रमित भएका छन् । संक्रमण दर भने अघिल्लो हप्ताको तुलनामा २.२ प्रतिशतले घटेको हो ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ६२ लाख ७ हजार ८५१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ६९ लाख ९७ हजार ४९५ जना अर्थात ८८.९ प्रतिशतले खोपको पहिलो डोज र तीन करोड ९२ लाख १० हजार ३५६ जना अर्थात ७४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण