सारा भन्छिन्, 'अमृता र सैफको सम्बन्धविच्छेदको फैसला सही थियो'
बलिउडको चर्चित जोडीको रुपमा रहेको अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानको विवाह सन् १९९१ मा भएको थियो । विवाहको धेरै वर्षपछि सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।
उनीहरुको सम्बन्धविच्छेदपछि उनीहरुका दुई सन्तान सारा अली खान र इब्राहिम अमृताको हेरचाहमा रहने निर्णय भयो । यद्यपि, सैफ पनि छोराछोरीसँग नियमित सम्पर्कमा रहन्थे ।
उनीहरुकी छोरी सारा अली खान पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले ‘सिंबा’, ‘केदारनाथ’ जस्ता थुप्रै फिल्महरु खेलेकी छन् । उनी उनकी कान्छी आमा अभिनेत्री करीना कपूरसँग पनि निकै नजिक छिन् ।
उनले एक अन्तरवार्तामा सैफ र अमृताको सम्बन्धविच्छेदको निर्णय सही भएको बताएकी छन् । उनले आफ्नो माता र पिताको बिग्रिएको सम्बन्धको बारेमा भनिन्, ‘ जब दुई वटामात्रै बाटो हुन्छ । एउटा एक साथ रहने र कोही पनि खुशी नहुनु र अर्को छुट्टिएर आफ्नो आफ्नो जीवनमा खुशी हुने । र भेट भएको समयमा छुट्टै माया पाउनु निकै विशेष हुन्छ ।’
उनले अगाडि भनिन्, ‘म आफ्नी आमासँग रहन्छु । उनी मेरी सबैभन्दा मिल्ने साथी हुन् । अनि बुबा सधैँ फोनमा मेरो साथमा हुनुहुन्छ । म जतिबेला चाह्यो त्यही समय भेट्न सक्छु । मलाई थाहा छ मेरो आमा र बुबा एकसाथ खुशी थिएनन् । मलाई लाग्छ त्यो बेला उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय गर्नु निकै सही थियो । हामी पहिले यति खुशी थिएनौँ । त्यसैले सबैकुरा कुनै न कुनै कारणले नै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा जापानद्वारा ब्राजिलविरुद्ध १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण