त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय
आइतबार, २४ साउन २०७८, २१ : १७
त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने रातोपाटीलाई बताए ।
उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञा भएका जिल्लामा पनि विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जाने व्यवस्था मिलाउन त्रिविले समन्वय गरिरहेको ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण