सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहने छ तपाईंको भाग्य ?

मङ्गलबार, २६ साउन २०७८, ०६ : १४
मङ्गलबार, २६ साउन २०७८

वि.सं.२०७८ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, बिहान १० बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– परिध, बेलुकी १० बजेर ३१  मिनेट उप्रान्त शिव । करण– बालव, बिहान ०६ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी  ०६ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३२  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिए पनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेको छ । आफन्त तथा छोराछोरीहरुसँग मनमुटाब सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चँदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पहिलेका कमिकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

 
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीबाट तपार्ईँले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झैँ झगडा हुने अधिक सम्भावना रहेको छ । मायाप्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहौलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार व्यावसायिक फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरू बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यवसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरू फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछि सम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरूलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभाइ तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायमा घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट सन्तोषजनक नाफा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा अगाडी तपार्ईँको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपार्ईँको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरू ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ ।

तपाईँ दिन शुभ रहोस् ।
युवा ज्योतिषी ढिपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप