सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहने छ तपाईंको भाग्य ?

बुधबार, २७ साउन २०७८, ०६ : १०
बुधबार, २७ साउन २०७८

वि.सं.२०७८ साल साउन २७ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– तृतीया, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर ४५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– शिव, बेलुकी ०८ बजेर ३६  मिनेट उप्रान्त सिद्ध । करण– तैतिल, बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त गर, बेलुकी  ०५ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । 

चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाढा हुनु पर्नेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरजग्गा तथा सवारी साधनको व्यापार व्यवसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बचन पुरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपार्ईँदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चाताप हुनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  दिगो फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत साथीको सङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेको ध्यान दिनुहोला । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । साँझपख विदेश यात्राको गतिलो सम्भावना रहेको भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलाप पनि ध्यान जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम तथा पतिपत्नी विच केही विषयमा मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यतीत गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामीप्य बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको ।  

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप