सत्ता पक्षको अनुपस्थितिमै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस
बुधबार, २७ साउन २०७८, १३ : ३०
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।
बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् । बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए ।
आफूहरुले पटक-पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिल्स कप क्रिकेट : भारतीय क्लबलाई हराउँदै विराटनगरको एनबीएससी सेमिफाइनलमा
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख
-
पौडेल र मिश्र सचिवमा बढुवा, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का
-
एचआईभी सङ्क्रमित महिलालाई तस्करले निल्न लगाए १ केजी २६० ग्राम कोकिन
-
कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकताः नेता केसी