कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छ भन्ने सन्देश’
बुधबार, २७ साउन २०७८, १६ : ००
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्त भएका छन् । उनी भएका प्राधिकरणमा दोस्रोपटक नियुक्त भएर आएपछि सर्वसाधारणदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले कुलमानको पुनः नियुक्तिको बिषयमा खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कुलमानको नियुक्तिको सरकारको निर्णय जनप्रिय भएको बताएका छन् । पुनः नियुक्तिबाट कुलमानलाई ढिलै भएपनि राम्रो कामको पुरस्कार मिलेको गिरीको भनाई रहेको छ ।
गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ आफुले गर्ने गरेको समेत बताएका छन् । कुलमानको नियुक्ति माग गर्दै ओली सरकारको पालामा कलाकार गिरीले बिभिन्न अभियान समेत चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण