ओखलढुङ्गामा कुटपिटबाट एक जनाको मृत्यु
ओखलढुङ्गामा मंगलबार राति आपसी विवादमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा दुई पुरुषबीच कुटपिट हुँदा स्थानीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो । प्रहरीका अनुसार ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र देउरालीका ६३ वर्षीय आङ्बु शेर्पाबीच कुटपिट भएको थियो । सोही क्रममा पासाङ तेन्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सोही घटनामा अर्का एक ब्यक्ति घाइते भएका छन् । उनको ओखलढुङ्गास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आपसमा कुटाकुटपछि गम्भीर घाइते अवस्थामा लडिरहेका दुवैजनालाई आङ्बु शेर्पाका परिवारले अस्पतालसम्म ल्याएका थिए । घटनामा गम्भीर घाइते भएका पासाङ तेन्जी शेर्पाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण