सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शर्लिन चोपडाले सेयर गरिन् राज कुन्द्रासँग फोटो, दुई वर्षअगाडि सुट भएको थियो पहिलो ‘कन्टेन्ट’

बिहीबार, २८ साउन २०७८, ०७ : ४५
बिहीबार, २८ साउन २०७८

भारतीय व्यवसायी राज कुन्द्रापछि पोनोग्राफी प्रकरणमा थुप्रै व्यक्तिहरु फसेका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको पोनोग्राफी प्रकरणमा जोडिएका केही चर्चित स्टारहरुमध्ये शर्लिन चोपडा भने खुलेर बाहिर आएकी छन् । 

अघिल्लो शुक्रबार अपराध शाखाले शर्लिन चोपडालाई ८ घण्टासम्म सोधपुछ गरेको थियो । उनले उक्त बयानपछि राज कुन्द्रासँग पहिलो कन्टेन्ट सुट गर्दाको तस्बिर सार्वजनिक गरेकी छन् । 

शर्लिनले राजसँगै एक जनाको तस्बिर पनि सेयर गरेकी छन् । उनले ट्विट गरेकी छन्, ‘सन् २०१९ मार्च २९ का दिन आम्स्प्राइमद्वारा आयोजित ‘द शर्लिन चोपडा’ एपको पहिलो कन्टेन्ट शुट हुन गरिरहेको थियो । मेरो लागि यो नयाँ अनुभव थियो किनकी पहिले कहिल्यै म कुनै पनि एपसँग जोडिएको थिइँन । आशा र जोशको माहोल थियो ।’

 

दुई वर्ष पहिले शुटिङ भएको उक्त तस्बिरमा शर्लिनले बिकिनी टप र शट्र्स लगाएकी छन् । शर्लिन सामान्यतयाः ग्ल्यामरस, न्यूड र टपलेस फोटोहरु र भिडियोहरु बनाइरहन्छिन् । तर, उनले राज कुन्द्रासँग नाम जोडिएपछि उनको विरुद्ध बोल्न संकोच मानिनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप