१६ वर्षपछि भुवन र शिव एउटै फिल्ममा
निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसीको पनि अभिनय रहने भएको छ । फिल्म अभिनयको विषयमा निर्माण युनिटले भुवनसँग हालै सम्झौता गरेको छ । निषेधाज्ञाका कारण छायाँकन अगाडि बढ्न नसकेको फिल्मको भदौ ५ बाट छायांकन सुरु हुँदैछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिने निर्माण युनिटले जनाएको छ ।
भुवनको अलवा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय रहने फिल्मको छायाँकन अवधि ६० दिन राखिएको छ । करिब १६ वर्षपछि भुवन र शिवले यसै फिल्ममार्फत सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले वि.सं. २०६२ सालमा फिल्म ‘राजु राजा राम’मा सँगै काम गरेका थिए ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता नवराज गिरी हुन् । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण