ढिला गरी काँग्रेस केन्द्रीय समिति बैठक सुरु, बूढानीलकण्ठमा सुरक्षा व्यवस्था कडा
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।
काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय गरेपनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन सार्न तयार भएको बताइएको छ ।
बैठक सुरु हुनअघि केन्द्रीय कमिटी बाहिर रहेका युवा नेताहरु, रन्जित कर्ण, क्षितिज भण्डारी लगायतले महाधिवेशनको सुनिश्चितताका लागि सभापतिलाई निवेदन दिएका थिए । देउवा सभापति भएपछि काँग्रेस केन्द्रीय कमिटी बैठक पहिलो पटक सानेपा भन्दा बाहिर बसेको हो । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । देउवा निवास परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण