साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल
शुक्रबार, २९ साउन २०७८, १२ : ४९
बलिउड र साउथ फिल्म क्षेत्रका सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । उनको अगस्ट १० मा दुर्घटनामा हात भाँचिएको थियो ।
बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो । राजले आफ्ना साथी डा. गुरुवा रेड्डीसँग शल्यक्रिया गराएका हुन् ।
प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् ।
प्रकाशले फोटो सेयर गर्दै, ‘डेभिल इज ब्याक.... शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर क्याप्सन लेखेका छन् । उनले अस्पतालको बेडको फोटो सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण