केन्द्रीय समिति बैठकमा कोइरालाको असन्तुष्टि : देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप लगाएका छन् । देउवा निवास बुढानिलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले १०० प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टी काममा खर्च गरेर प्रभावकारी ढंगले सरकार सञ्चालन नगरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीजी ले १०० प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’
२ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहिन रहेको बताउँदै उनले यसरी सरकारले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिनसक्छ भन्दै प्रश्न गरेका छन् । कोइरालाले भनेका छन् ः ‘संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनाैती छ ।’
यसबेला अन्तर्राष्ट्रिय परिस्थिति समेत काँग्रेस पार्टीको प्रतिकुल रहेको दाबी गर्दै कोइरालाले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिए । कोइरालाले क्रियाशील सदस्यताका विषयमा अल्झिन आवश्यक नरहेको समेत बताए । नेतृत्व र क्रियासिल छानबिन समितीले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन नहुनेमा जोड दिए ।
बैठकमा कोइरालाले सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीको बैठक नराखेर बुढानिलकण्ठमा बैठक राखिएको प्रति असन्तुष्टी समेत जनाए । उनले भने–‘आज दुःख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रिय समिति बैठक यहाँ गर्दैछौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन्। उनीहरुको माग हामीले सुन्नुैपर्छ । १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो।मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।’ बिहीबारदेखि देउवा निवास बुढानिलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण