बाबुले चलाएको बन्दुकको छर्रा लागेर छोराको मृत्यु
शनिबार, ३० साउन २०७८, ११ : २१
पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
शुक्रबार साँझ बारीमा स्याल धपाउन बन्दुक प्रहार गर्दा धनबहादुरको टाउकोमा छर्रा लागेको प्रहरीको भनाई छ । घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा अचानक आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । कर्णबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण