पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव
नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् ।
प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।
मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।
प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ–
भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
असोज २० गते वडा सम्मेलन
असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
कात्तिक ३० गते जिल्ला सम्मेलन
मङ्सिर १५ गते प्रदेश सम्मेलन
पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण