६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली ३ ए’ जलविद्युत आयोजना, तस्बिर र भिडियोमा हेरौँ
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपाल सरकार एवं नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । यो हालसम्म बनेका मध्ये नेपालकै दोस्रो ठुलो विद्युत् आयोजना हो ।
रसुवा र नुवाकोट जिल्लामा निर्मित यस आयोजनाको बाँधस्थल रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ सल्लेटारमा पर्दछ भने विद्युत् गृह बाँधस्थलबाट करिब ५ कि.मी. दक्षिण–पश्चिम नुवाकोट जिल्लाको किस्पाङ–५ सिम्लेमा अवस्थित छ ।
यो आयोजना ठेकेदारले कम्पनीले सन् २०१९ अगस्ट ३० निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । आयोजनाको कूल जलाधार क्षेत्र मध्ये करिब ७०% जलाधार क्षेत्र चीनमा पर्दछ ।
करिब १४४.५७ मिटर उचाइबाट ५१ घनमिटर प्रति सेकेण्डको पानी खसाली विद्युत् निकालिएको यस आयोजनाबाट वर्षको ७०% समय अर्थात् करिब साढे आठ महिना पूर्ण रूपमा ६० मे.वा. विद्युत् उत्पादन हुने माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका कार्यालय प्रमुख सुरेश राउतले बताए ।
बाँकी समयमा पनि न्यूनतम ४३.७५ मे.वा, क्षमतामा विद्युत् उत्पादन हुने उनको भनाई छ ।
आयोजनाबाट वार्षिक कुल ४८ करोड ९७ लाख ६० युनिट विद्युत् उत्पादन हुनेछ जस मध्ये ४६०.४ गीगावाट/घण्टा बिजुली प्रति वर्ष उपभोग गर्न सकिनेछ जुन हाल नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरूबाट भएको उत्पादन मध्ये (१४४ मे.वा.को कालिगण्डकी पछि) यो दोस्रो ठूलो उत्पादन हो ।
यो आयोजनाले राष्ट्रको विद्युतीय ऊर्जा क्षेत्रमा करिब ८% योगदान दिँदै आएको छ ।
यस आयोजनाले कूल उत्पादनको करिब ४६% विद्युत् सुख्खा याममा उत्पादन गर्नेछ जसका कारण नेपालको ऊर्जा व्यवस्थापनमा यो आयोजना एक कोशेढुङ्गा साबित भएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण