ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु
पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन् ।
उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङटाङबाट स्याफ्रुबेँसीतर्फ फर्किँदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उनीसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो ।
शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पु¥याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उद्धारकर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुञ्चे पुर्याउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण